२९ असोज, बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ ।
असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
ती महिलालाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेको थियो । यससँगै बुटवलस्थित कोराना विशेष अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
प्रतिक्रिया दिनुहोस