बलिउड / हलिउड

बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना पुष्टि

amitab

काठमाडौं, असार २८ –

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ कोरोना परीक्षण गर्दा अमिताभलाई कोरोना देखिएपछि अभिषेकको पनि कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

बाबु- छोरामा कोरोना पुष्टि भएपछि उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । बच्चनले आफ्नाे आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । उनका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

‘आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’

अभिषेकले पनि आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

अहिले उनीहरुका परिवारका अरु सदस्यकोसमेत कोरोना परीक्षण भइरहेको छ । अमिताभले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस