बैँक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गरे १५ प्रतिशतसम्म छुट, बैंकको पीओएस सेवा सुरु

rbb offer and pos service lunched

३० असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आउँदो दशै एवं तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै काब्कि १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत पिओएसको माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि सो सेवा सुरु गरिएको बाणिज्य बैंकले जनाएको छ ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पिओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने समेत बैंकले जनाएका छ ।

महामारीबाट जोगिन विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। बैंकको ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस