३० असोज, काठमाडौं । नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि उनी असोज २८ गते धुम्बाराहीस्थित ह्राम्स अस्पतालमा भर्ना भएका थिए ।
उपचारको क्रममा उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी शुक्रबार दिउँसो खनालको डिस्चार्ज गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘उहाँको स्वास्थ्यमा यस अस्पतालमा उपचारको क्रममा उल्लेख्य सुधार आएको हुनाले चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी राखेर आज दिउँसो अस्पतालबाट डिस्चार्ज हुनु भएको जानकारी गराइन्छ’, अस्पतालका कार्यकारी निर्देशक डा.ज्योतीन्द्र शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस