३० असोज, दाङ । दाङमा शुक्रबार थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञानको फिबर क्लिनिकमा संकलन गरिएको स्वाब परीक्षणमा थप ६१ जनामा संक्रमण देखिएको हो ।
सबैभन्दा धेरै लमहीमा नयाँ संक्रमित थपिएका छन् । लमहीका २४ जनामा संक्रमण देखिएको हो । त्यसैगरी घोराहीका १७ जना, तुलसीपुरका ११ जना, राप्ती र राजपुरमा १/१ जनामा संक्रमण देखिएको हो भने अन्य ७ जना जिल्ला बाहिरका रहेका छन् ।
योसँगै जिल्लामा १ हजार ७०८ जनामा संक्रमण देखिएको छ भने उनीहरुमध्ये १ हजार १६६ डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस