सिरहामा कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु

३० असोज, सिरहा । कोरोना सङ्क्रमणबाट आज सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भई विराटनगरस्थित नोवल अस्पतालमा उपचाररत लहान नगरपालिका १ निवासी ६२ वर्षीय महिलाको मृत्यु भएको हो ।

ज्वरो तथा श्वास फेर्न गाह्रो भएपछि गत असोज २४ गतेदेखि उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको लहान नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए ।

सड्क्रमणबाट सिरहाको लहान नगरपालिका मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सिरहामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।