११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने

२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये ७ अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने ४ अर्ब नयाँ हो ।

केन्द्रीय बैंकका अनुसार ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।