४ कात्तिक, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १७ सय दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १७ सय दुईजनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा १४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, मंगलबार नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस