५ कात्तिक, काठमाडौं । कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।
परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिए ।
हेर्नुहोस् परीक्षा तालिका:

प्रतिक्रिया दिनुहोस