७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित हुने सबै नागरिकको परीक्षण र उपचारको दायित्वबाट सरकार नभाग्ने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले महामारीमा जनताको जीवन रक्षा नै सरकारको पहिलो दायित्व हुने बताए ।
उनले कोरोना सक्रमितको उपचार सरकारले नगर्ने भन्दै अफवाह फैलाइएको आरोप लगाए । महामारीको समयमा आफवाहको तुवाँलो लाग्ने गरेको भन्दै उनले अहिलेको समयमा अफवाहका तुवालो निरन्तर फैलाई रहेको बताए ।
उनले ‘सक्ने आफै बाँच नसक्ने जे सुकै गर’ भन्ने हल्ला सुनिएको छ भन्दै प्रधानमन्त्री ओलीले कोरोना उपचारका क्रममा उपचार गर्न सक्दिन भनि स्वघोषणा गर्नेहरुलाई सरकारले उपचारको निरन्तर व्यवस्था गरेको बताए । र यो निरन्तर जारी रहने उनको भनाई छ ।
साथै उनले शव व्यवस्थामा कोही कसैलाई भेदभाव नगरी समान व्यवहार गरिएको बताए ।