समाचार

दाङमा कोरोना संक्रमणबाट एकजना सरकारी कर्मचारीको मृत्यु

covid 19 dead

७ कात्तिक, दाङ । कोरोना सङ्क्रमणका कारण दाङमा आज एक  कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा  भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी  छन् ।

उनलाई यही कात्तिक ४ गते  सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष  अस्पताल बेलझुण्डी लगिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस