समाचार

लुम्बिनी बिकास परिषरभित्र आगलागी: २० हेक्टर जमिन खरानी !

lumbini fire

८ कात्तिक, बटवल । लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी भएको छ । दसैँ तिहार मनाउन पदाधिकारी तथा कर्मचारीहरु घर गएको परिसरभित्र शुक्रबार अचानक आगलागी भएको हो ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार बिकास परिसरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजे भएको आगलागीबाट कलिला बोटबिरुवा चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको छ ।

कोषभित्र आगलागीको खबर पाए पछि लुम्बिनी साँस्कृतिक नगरपालिकाको दमकल जंगल भित्र जान नसक्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी, दंगा प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी दिए ।
कोषभित्र आगलागिको कारण थाहा नभए पनि आगलागीबाट करीब २० हेक्टर जमिन खरानी भएको बनस्पति शाखा प्रमुख सब्बीर अहमद मुसलमानले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस