११ कात्तिक, बुटवल । बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने दुवै जना रुपन्देहीका रहेका छन् ।
अस्पतालका अनुसार तिलोत्तमा–११ की ५० वर्षीया महिलाको गएराति र बुटवल–१३ का ५२ वर्षीय पुरुषको आज बिहान पचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।
डा. गौतमका अनुसार तिलोत्तमाकी महिलाको पिसिआर रिर्पोट हिजो बिहान १० बजे पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी गयराती मृत्यु भएको हो । यस्तै बुटवलका पुरुष भने कार्तिक ७ गते रिर्पोट पोजेटिभ आएपछि त्यहि दिन अस्पताल भर्ना भएका थिए । दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।
प्रतिक्रिया दिनुहोस