राजनीति

‘रअ’ प्रमुखलाई भेटेको चर्चाबारे बाबुरामको जवाफ- भीम मल्ल र भीमसेन थापालाई मार्ने मेरो देश

Baburam Bhattarai

१२ कात्तिक, काठमाडौं । ‘रअ’ प्रमुख सामन्त गोयलले जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि ‘सुटुक्क’ भेटेको खबर बाहिरिएपछि सामाजिक सञ्जालमा चर्चा चलेको छ ।

चर्चित लेखक खगेन्द्र संग्रौलाले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै सामन्तले बाबुरामको शरीरमा कोरोना भाइरस सल्काएको टिप्पणी गरेका छन् ।

प्रत्युत्तरमा डा. भट्टराईले कान नछामी कागको पछि लाग्ने देशमा सत्य र न्यायको के अपेक्षा गर्नु भन्दै जवाफ फर्काएका छन् । ‘खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य र न्याय, बुद्धि र विवेकको के अपेक्षा गर्नु ? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश ! बीपी र पीएललाई बाँचुञ्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश ! अनि हामी पछि नपरे को त ?’ भट्टराईले जवाफी ट्वीटमा लेखेका छन् ।

यसअघि संगौलाले शरीरमा कोरोना भाइरस सल्काए पनि दिमागमा सल्काए कि भन्ने आशंका रहेको टिप्पणी गरेका थिए । ‘डा. बाबुराम भट्टराई रअ प्रमुख सामन्त गोयललाई सुटुक्क भेट्ने, सामन्त गोयल बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने ! अनि यता बाबुराम आइसोलसनमा, उता सामन्त आइसोलेसनमा । देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो !’ संग्रौलाले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस