भोलिबाट दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने

१२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अन्य दिनमा कोरोनाको नियमति अपडेट हरेक दिन अपरान्ह ४ः३० बजे वेब साइट तथा सामाजिक सञ्जालमार्फत हुनेछ ।

एनएमबि न्यूज