Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

औद्योगिक र आर्थिक चेनको विकास गर्छौँः मन्त्री भट्ट

१६ कात्तिक, महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेको बताएका छन् । कञ्चनपुरको महाकाली नगरपालिका–१ मा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आइतबार आयोजित कार्यक्रममा मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा मुलुकका चार क्षेत्रलाई अगाडि सारिएको बताए।

“एउटा उत्तर र दुईवटा दक्षिणतिर सुक्खाबन्दगाहसित जोडेर यसलाई चेनका रुपमा विकास अघि बढाउने भनेका छौँ”, उनले भने, “सबै विषय नीति तथा कार्यक्रममा समेटेका छौँ ।” उनले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र, अत्तरिया धनगढी औद्योगिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र र पूर्वतिर बाँकेको नौबस्ता औद्योगिक क्षेत्र विकास गर्ने कार्य भइरहेको बताए ।

“यसरी सबै क्षेत्रलाई समेटेर औद्योगिक र आर्थिक रुपमा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण जोड्ने भनेका छौँ”, मन्त्री भट्टले भने, “हिजोको जस्तो नारा दिने काम नगर्ने होइन, हामी काम गर्न आएका छौँ ।” उनले देशलाई औद्योगिकीकरण र उत्पादन र श्रमलाई नजोडेसम्म जस्तोसुकै नारा दिए पनि मुलुक समृद्ध हुन नसक्ने बताए ।

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा मलकारखाना स्थापना गरिने र त्यसका लागि निजी क्षेत्रको पनि लगानी आवश्यक रहने बताए । “अहिले लाम लागेर भारतलगायत खाडी मुलुक रोजगारीका लागि जानुपर्ने बाध्यता छ”, उनले भने, “यसको अन्त कसरी गर्ने भन्ने नै अहिलेको मुख्य चुनौती हो ।” मन्त्रालयको प्राविधिकसहितको उच्चस्तरीय टोली लिएर दोधारा चादँनी पुगेका मन्त्री भट्टले महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशङ्कर सामुदायिक वनको झण्डै एक हजार बिघा जग्गा सुक्खाबन्दरगाह स्थापनाका लागि लिइने बताए ।

“यसअघि महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने भनिए पनि नेपाल–भारत दुई पक्षीय सम्बन्ध, प्राविधिक पाटो र कम लगानीमा बढी उपलब्धि हासिल गर्ने भनेर यहाँ छनोट गरियो”, उनले भने, “हामी दोधारालाई पनि विकाससित जोड्ने नै छौँ ।” कञ्चभोजमा सुक्खाबन्दरगाह बन्दा आफूहरु विस्थापित हुने भन्दै केही स्थानीयवासीले लामो समयदेखि विरोधसमेत जनाउँदै आएका थिए ।

प्रतिनिधिसभा सदस्य डा.दीपकप्रकाश भट्टले पश्चिममा व्यापार र आर्थिक स्मृद्धिको ढोका खोल्ने सपना साकार भइरहेको बताए । उनले महाकाली करिडोरको काम अगाडि बढाउन बैतडी, दार्चुला र कञ्चनपुरका सांसदहरु लागिपरेको बताए । “यो अन्तर्राष्ट्रिय व्यापारिक नाका रुपमा विकास गर्ने चुनावी प्रतिबद्धतासमेत थियो”, उनले भने, “यस कार्यमा नागरिकस्तरबाट पनि सक्रिय भूमि देखाउन आग्रह गर्छु ।”

त्यसैगरी, कार्यक्रममा उद्योग सचिव चन्द्रकुमार घिमिरेले सन् २०११ देखि नै दोधारा चादँनीमा सुक्खाबन्दरगाह बनाउन पहल हुँदै आएको बताए । “विभिन्न चरणमा अध्ययन भयो, भारतसितको वार्तामा पनि यो एजेण्डा समावेश हुँदै आएको थियो ।” सचिव घिमिरेले भने, “आर्थिक स्मृद्धिको नयाँ ढोका खोल्ने सपना साकार हुँदैछ ।” सुक्खाबन्दरगाह निर्माणका लागि चार सय बिघा आवश्यक पर्ने मन्त्रालयको प्राविधिक टोलीको भनाइ छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका प्रदेशसभा सदस्य तारालामा तामाङ, मानबहादुर सुनार, महेशदत्त जोशी, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख र लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट लगायतको सहभागिता रहेको थियो ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।