समाचार

शान्ति स्थापनार्थ गोरखबहादुर गण दक्षिण सुडानतर्फ

santi sena

२३ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनका २१३ जना नेपाली शान्ति सैनिकको डफ्फा आज त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यहाँ तैनाथ तारादल गणको छैठौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी सुशील प्याकुरेलको नेतृत्वमा गोरखबहादुर गण दक्षिण सुडान गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यहाँ आफनो कार्यजिम्मेवारी पूरा गरी सेनानी दीपक अर्याल नेतृत्वमा रहेको २११ जनाको शान्ति सैनिक टोली सोमबार यहाँ आइपुग्ने कार्यक्रम छ । कोभिड–१९ महामारीबीच पनि शान्ति स्थापनालाई निरन्तरता दिने नीतिअनुरुप अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पालना गरिएको सेनाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस