बैँक / वित्त

बाणिज्य बैंकका ६ हजार कर्मचारीमा कोरोना, तिहारमा सबै शाखा बन्द हुने

bank counter

२५ कात्तिक, काठमाडौं । तिहार बिदामा बैंकहरुले कार्यालय सञ्चालन नगर्ने भएका छन् । कोभिड–१९ का कारण बैंकका कर्मचारीहरु संक्रमित भएका कारण तिहार बिदाको कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म कार्यालय बन्द हुने भएको हो ।

वाणिजय बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले एक सूचना जारी गर्दै तिहारमा कुनै पनि शाखा नखुल्ने बताएको  छ । यद्यपि डिजिटल बैंकिङ र एटिएक सेवाहरु भने सुचारु रहनेछन् । बाणिज्य बैंकहरुमा हालसम्म ६ हजार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैकिङ क्षेत्रमा हाल ५० हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको भनिएको छ ।  कोरोनाको बढ्दो क्रास र ठुलो संख्यामा कर्मचारीमा कोरोना हुँदा पनि आफूहरुले सेवा दिइरहेको बैकर्स एसोसिएसनले भनेको छ । साथै कोरोना भाइरसबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि पनि डिजिटल कारोबार गर्न संघले आग्रह गरेको छ ।

nba notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस