काठमाडौं, साउन ९ –
नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै देशभर पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ३७४ पुगेको छ । अहिलेसम्म ४४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार कोभिड१९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १२ हजार ९४७ रोगमुक्त भएका छन् ।


Recent Comments