Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

वीरगञ्जपछि विराटनगरमा पनि निषेधाज्ञा जारी

मोरङ, साउन ११ –

विराटनगर महानगरपालिकाले कोरोनाको जोखिम बढेसँगै महानगरपालिकाभित्र निषेधाज्ञा गरेको छ । महानगरपालिकाले सूचना जारी गरी भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने जानकारी दिएको हो।

महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । स्वास्थ्य क्षेत्र, वारुणयन्त्र, सरसफाई र एम्बुलेन्स सेवाबाहेक अन्य सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै भोलिदेखि नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान हुने सेवासमेत प्रभावित हुने महानगरले जनाएको छ ।  महानगरले साउन १२ गतेदेखि अर्को सूचना प्रवाह नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

हाल विराटनगर महानगरका ३७ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये ७ जना उपचाररत छन् । साथै यसअघि शनिबारबाट स्थानीय प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै वीरगञ्जमा पनि निषेधाज्ञा जारी गरेको छ ।

एनएमबि न्यूज