ललितपुरको बालकुमारीमा भीषण आगलागी

२८ कात्तिक, काठमाडौं । ललितपुरमा भीषण आगलागी भएको छ ।

ललितपुरको बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।आगलागीको कारण खुल्न सकेको छैन ।

आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौं महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

एनएमबि न्यूज