माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, उत्कृष्ठलाई ५० हजार नगद

२८ कात्तिक, काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ ।

यो आयोजनाका सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देशमूलक देउसी भैलो गित भिडियोसहित बनाएर बैंकको फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ ।

यसरी प्राप्त भिडियोमध्ये उत्कृष्ट प्रस्तुतीलाई ५० हजार दिइने बैंकको भनाइ छ । उक्त भिडियो प्रस्तुतीको निर्णय बैंकको निर्णायक समितिले गर्नेछ । सहभागीहरुले बढीमा ३ मिनेटसम्मको भिडियो मङ्सिर १ गतेसम्म पठाउनु पर्ने छ।

एनएमबि न्यूज