समाचार

जनकपुरमा २६ वर्षीया युवतीमाथि एसिड प्रहार

acid attack

२९ कात्तिक, धनुषा । जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान साढे ९ बजे एक युवकले एसिड प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ ।

एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनकै पति जनकपुरधाम उपमहानगरपालिका-२०, देवपुरारुपैठा बस्ने २७ वर्षीय सञ्जीव साहलाई पक्राउ गरेको छ । घटनाको केही घण्टामै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

एसिड प्रहारबाट आरतीको निधार र छातीको केही भाग जलेको छ । उनको अहिले उपचार जानकी हेल्थकेयरमा भइरहेको छ ।

आरतीको बिहे ३ वर्षअघि सञ्जीवसँग भएको थियो । श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन् । श्रीमान् र श्रीमतीबीच खराब सम्बन्धको कारण एसिड प्रहार गरेको प्रहरीको आशंका छ ।

पक्राउ परेका सञ्जीवलाई केही बेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी उपरीक्षक रामेश बस्नेतले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस