बुटवल, साउन १३ –
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुईजना चारलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरेको हो ।
जग्गाको मुआब्जा दिलाउने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको गुनासो आएपछि गएको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।
भैरहवाको सेन्चुरी कमर्सियल बैंकमा लेनदेन भइरहेको अवस्थामा उनीहरु पक्राउ परेको भुसालले बताए ।
प्रतिक्रिया दिनुहोस