२ मंसिर, जुम्ला । कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले १२ भेडा मारेको छ ।त्यसबाट एकै रातमा रु १ लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले जानकारी दिए ।
लामो समयसम्म भेडा पाल्दै आएका उनले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे । वर्षौँ दिनको मेहनत एकै दिनमा जाँदा रतिमानको परिवारमा दुःख छाएको छ ।
रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उनी बताउँछन् । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उनले लगाए ।
प्रतिक्रिया दिनुहोस