पछिल्लो २४ घण्टामा थप एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि

५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९४५ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २४ हजार ६ सय ६५ सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा गत २४ घण्टामा थप पाँच हजार ३ सय ६४ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख ९१ हजार २ जना रहेका छन् ।

एनएमबि न्यूज