समाचार

बुटवलको कोरोना अस्पतालमा थप २ जनाको मृत्यु

corona hospital butwal

५ मंसिर, बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको तिलोत्तमा २ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका १ का ६६ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार मंसिर २ गते पीसीआर पोजिटिभ आई अस्पतालमा भर्ना भएका तिलोत्तमाका पुरुषको शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो, मुटुरोग, दम र मधुमेहको समस्या थियो ।

त्यस्तै, रेसुंगा १ का पुरुष गत कात्तिक २७ गते पोजिटिभ नतिजा आई २८ गते अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस