७ मंसिर, बुटवल । बुटवलमा टिपरले मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुटवलको नयाँ बसपार्क दुर्घटनामा परी पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोटरसाइकलमा सवार स्वाठीलाई लु २ ख १९०५ नम्बरको टिप्परले लु ११प ४२१६ नम्बर को मोटरसाईललाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस