बैँक / वित्त

सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने

sunrise bank

८ मंसिर, काठमाडौं । सनराइज बैंकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनााफाबाबाट लाभांश घोषणा गरेको छ । २०७७ मंसिर ७ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ५.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस