नेपालमा शुक्रबार थप २२४ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन १६ –

नेपालमा शुक्रबार थप २२४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२४  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ७७१  पुगेको छ । संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज