विश्व/प्रवास

कुवेतले लगायो नेपालीमाथि प्रतिबन्ध

kuwait

काठमाडौं, साउन १६ –

कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । एक अगस्टदेखि  अन्तराष्टिय उडान शुरू गर्ने भनेपछि कुवेत सरकारले नेपाल लगायत ७ देशका नागरिकका लागि प्रबेशमा रोक लगाएको हो ।

अरब टाइम्सका अनुसार कुवेतको सरकारी सञ्चार केन्द्रले आफ्नो ट्वीटर मार्फत यस्तो घोषणा गरेको जनाएको छ । अगस्ट १ तारिकबाट कुवेत प्रवेश गर्न दिने निर्णय गरिए पनि नेपालसहित भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका, पाकिस्तान र इरानलाई कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

तर अन्य देशका नागरिकलाई भने कुवेतले प्रबेशमा रोक लगाएको छैन । कुवेतले नेपाली नागरिकलाई प्रबेशमा रोक लगाएकोमा नेपाल सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस