९ मंसिर, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।
यस्तै, मंगलबार नेपालमा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस