निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

९ मंसिर, काठमाडौं । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।

सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सडक दुर्घटनामा परेको थियो ।

उक्त क्षेत्रको वासलाहामा यात्रुबाहक सवारी दुर्घटना हुदा ती व्यक्तिको ज्यान गएको हो । यात्रुहरु लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ । घाइतेहरुको उपचार जारी रहेको बताइएको छ ।

वासाला नगरका प्रमुख जर्मन भर्गासले उक्त क्षेत्रमा भएको सो दुर्घटना खतरनाक रहेको बताए ।

एजेन्सी