१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको विरोधमा भइरहेको प्रदर्शनमा मंगलवार प्रहरीले चलाएको गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।
न्यौपानेको काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीके गोली प्रहारबाट घाइते उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पताल ल्याईएको थियो ।
प्रर्दनमा तीन जना घाइते भएका थिए । घाईतेमध्ये श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ भने प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमै उपचार चलिरहेको छ ।
बर्दिबास १४ की ६ वर्षीय बालिका गुलाब शाह खातुनको बलात्कारपछि निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मंगलबार बर्दिबासमा भएको प्रदर्शन रोक्न सुरक्षाकर्मीले गोली चलाएको थियो ।