१२ मंसिर, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा र मनाङ जाने भएका छन् ।
उनले गोरखामा भारतीय सहयोगमा बनेका घरहरुको अवलोकन गर्नेछन् भने मनाङमा भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ। बिहीबार नेपाल आएका श्रृंगलाले परराष्ट्र सचिवसँग छलफल गरिसकेका छन् ।
उनले राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग पनि बिहीबारै भेट गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस