क्रिकेट

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

virat kohli

१७ मंसिर, काठमाडौं । मानुका ओभल क्यानबेरामा अष्ट्रेलियासँग तेस्रो ओडिआई जारी खेलमा कोहलीले २३ रन बनाउँदै आफ्नो १२ हजार रन पूरा गरेका छन् । कोहली यो सँगै ओडिआईमा सर्वाधिक छिटो इनिङमा १२ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो ।

३२ वर्षीय कोहलीले २ सय ५१ औं खेलको २ सय ४२ औं इनिङ्ग्समा यो उपलब्धि हासिल गरे । जबकी, सचिनले ३ सय ९ म्याचको ३ सय इनिङग्स्मा १२ हजार रन पूरा गरेका थिए । सचिन र कोहलीबाहेक कुमार सांगाकारा, रिकी पोन्टिङ, सनथ जयसूूर्या र महेला जयवद्र्धनेले मात्रै एकदिवसीय इतिहासमा १२ हजार रन बनाएका छन् ।

एकदिवसीय खेलमा सर्वाधिक धेरै रन बनाउने कीर्तिमानबाट भने विराट अझै धेरै टाढा छन् । सचिनले आफ्नो एकदिवसीय करियरमा सर्वाधिक १८ हजार ४ सय २६ रन बटुलेका थिए । भिडन्तभन्दा पहिले विराट १२ हजार रनको रेकर्डभन्दा २३ रनले टाढा थिए, तर उनले १२ ओभर १ बलमा सिन एबोटको बलिङमा सिंगल रन लिदैं यो सफलता हासिल गरे ।

विराटले दोस्रो एकदिवसीय खेलमै ८९ रनको इनिङ्ग्स खेलेर लयमा फर्कने संकेत दिएका थिए । विराटले अहिलेसम्म एकदिवसीय खेलमा ४३ शतक र ५९ अर्ध शतक बनाइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस