अर्थनीति

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

gold

१७ मंसिर, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ ।

मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले बढेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११८५ रहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस