राजनीति

पौडेलमाथिको दुर्व्यहार सरकारलाई महँगो पर्छ : गगन थापा

Gagan Thapa

१७ मंसिर, काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति नेपाली काग्रेसका नेता गगन थापाले सरकारले निकै महँगो पर्ने चेतावनी दिएका छन् ।

पौडेललाई पुल उद्घाटनका लागि तनहुँ पुगेको अवस्थामा पक्राउ गरी प्रहरीको हस्तक्षेप र स्थानीय प्रशासनको एकल निर्णयविरुद्ध उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन् –

नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र  प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन । यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो । यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, यो तपाईँका लागि निकै महँगो पर्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस