बैँक / वित्त

नेपाल एसविआई बैंकका कार्य होल्डरले डा. लाल प्याथल्यावमा १५ प्रतिशत सम्म छुट पाउने

dr path lab

१९ मंसिर, काठमाडौं । नेपाल एसविआई बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

एसविआई बैंकका भिसा डेविट कार्ड प्रयोगकर्ता ग्राहकले डा. लाल प्याथल्यावमा विभिन्न सुविधामा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

यस विषयमा बैंक र डा. लाल प्याथल्याव विच आपसी समझदारी सम्झौता समेत कायम भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा १५ प्रतिशत प्राप्त गर्न सकनेछन् ।

सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा डा. लाल प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंह बीच हस्ताक्षर गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस