२० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३७९, भक्तपुरमा १६ र ललितपुरमा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, शनिबार नेपालमा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने मृत्यु हुनेको संख्या १५७७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस