२१ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५९४ पुगेको छ ।
त्यस्तै आइतबार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योससहित देशभर हालसम्म दुई लाख ४० हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस