मंगलबार थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि

२३ मंसिर, काठमाडौं । नेपालमा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६३७ पुगेको छ ।

एनएमबि न्यूज