२३ मंसिर, बुटवल । बाँकेमा बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।
२०६८ साल असार ३१ गते जिल्ला अदालत बाँकेले जबरजस्ती करणी सम्बन्धि मुद्दामा १० वर्ष कैद सजाय फैसला गरेका नैनापुर गाउँपालिका–९ का ३४ वर्षीय हेमन्तकुमार मिश्रलाई पक्राउ गरेको हो ।
प्रहरी सहायक निरिक्षक फत्तेबहादुर हमालको कमाण्डमा खटिएको प्रहरीले विशेष सूचनाका आधारमा उनलाई नेपालगञ्ज उप-महानगरपालिका १ सिटी प्यालेसबाट पक्राउ गरिएको लुम्विनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदावारले बताए ।
मिश्रलाई ईलाका प्रहरी कार्यालय भगवानपुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको एसएसपी बैदावारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस