सुर्खेत, साउन २२ –
जिल्ला प्रशासन कार्यालय सुर्खेतले अवैधरुपमा विक्री गर्न राखिएको मल बरामद गरेको छ । भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो ।
सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले इजाजतपत्र नलिई मल विक्री गर्दै आएको पाइएको बताए । प्रशासनले ५९ बोरा डिएपी तथा तीन बोरा युरिया मल बरामद गरेको छ । प्रशासनले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ ।
‘मल विक्रीका लागि कानूनीरुपमा अनुमति लिनुुपर्छ,’ सहायक प्रजिअ पौडेलले भने, ‘उक्त पसलले गैरकानूनीरुपमा मल विक्री गरिरहेको रहेछ, यससम्बन्धी थप अनुसन्धान पनि भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
'