Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

टाइम म्यागेजिनद्वारा बाइडेन र ह्यारिसलाई वर्ष व्यक्तित्वको सम्मान

२६ मंसिर, काठमाडौं । अमेरिकाको टाइम म्यागेजिनले २०२० वर्ष व्यक्तिको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिका लागि निर्वाचित भएका जो बाइडेन र उपराष्ट्रपतिमा विजयी हमला ह्यारिस संयुुक्त रुपमा वर्ष व्यक्ति घोषणा भएका छन् ।

आफ्नो कभर पेजमा यी दुुईको फोटोसँगै टाइमले छ,‘अमेरिकाको बदलिदो कथा’ । १९२७ देखि टाइम म्यागेजिनले पर्सन अफ द इयर चयन गर्दै आइसकेको छ । यसपटक वर्ष व्यक्तिको दौडमा अमेरिकी चिकित्सा–विज्ञ डाक्टर एन्थोनी फाउची, रेसियल जस्टिस मुुभमेन्ट र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश थियो ।

गत महिना भएको चुनावमा डोनाल्ड ट्रम्पलाई जो बाइडेनले हराएका थिए । अमेरिकाका सबै ५० राज्यले चुनावी नतिजालाई प्रमाणिकरण गरिसकेका छन् र जो बाइडेनको जित सुुनिश्चित भइसकेको छ । उनले २० जनवरीमा पदको सपथ लिनेछन् । यद्यपी, ट्रम्पले हार स्वीकारेका छैनन् । राज्यको नतिजा उल्ट्याउन नसकेपछि उनले सर्वोच्च अदालतको ढोका ढक्ढक्याइरहेका छन् ।

परिवर्तन ल्याउने श्रेय 
टाइम म्यागेजिनले जो बाइडेन र कमला ह्यारिस दुुबैले अमेरिकी इतिहासमा परिवर्तन ल्याएका कारण राजनीतिक क्याटागोरीबाट यो सम्मान दिइएको जनाएको छ । टाइमका प्रधानसम्पादक एडवर्ड फेल्सेन्थलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाइडेन र कमला ह्यारिसले अमेरिकी इतिहास बदल्ने कोसिस गरेका छन् । मानिसहरुलाई विभाजन गर्नभन्दा उनीहरुप्रति सद्भावन प्रकट गर्नमा बढी ताकत हुन्छ भन्ने उनीहरुले देखाएका छन् । दुुबैले दुखमा डुुबेको संसारको घाउमा मल्हम लगाउने भिजन पेश गरेका छन् ।’

राष्ट्रपतिमा निर्वाचित भएका व्यक्तिले टाइम वर्ष व्यक्तिको उपाधि जितेको यो पहिलोपटक भने होइन । यसअघि २०१६मा डोनाल्ड ट्रम्प, २००८ मा बाराक ओबामाले पनि यो उपाधि जितेका थिए । पूर्व राष्ट्रपति जर्ज डब्ल्युु बुस दुुईपटक टाइम वर्ष व्यक्तित्व घोषित भएका थिए । गत वर्ष अर्थात् २०१९ मा जलवायुु परिवर्तनकी स्विडिस अभियन्ता ग्रेटा थनवर्गले यो सम्मान प्राप्त गरेकी थिइन् ।

एजेन्सी