काठमाडौं, साउन २२ –
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचको सम्बन्ध दिदीबहिनी र दाजुभाइको जस्तो भएको उल्लेख गरेकी छन् ।
बिहीबार एक ट्विट गर्दै राजदूत यान्छीले नेपाल र चीनबीचको सम्बन्ध छिमेकी र मित्रवत् मात्र भएर दिदीबहिनी र दाजुभाइको जस्तो भएको बताएकी हुन् । उनले भूकम्प, बाढीपहिरो, इन्धन अभाव र कोरोना भाइरसको महामारीसँग लड्नका लागि चीनले नेपाललाई सहयोग गरेको स्मरण समेत गरेकी छन् ।
‘चीन र नेपालबीच छिमेकी र मैत्रीपूर्ण सम्बन्ध मात्र छैन, दिदीबहिनी र दाजुभाइको जस्तो सम्बन्ध छ। भूकम्प, बाढीपहिरो, इन्धन संकट र कोरोनाको महामारी नै किन नहोस्, हामी सँधै दुःख बाँढ्छौं । यसपटक हामीबीचको मित्रता नकाप्ने गरी परीक्षण भएको छ,’ उनले ट्विटमा लेखेकी छन् ।
https://twitter.com/PRCAmbNepal/status/1291377728873144320
प्रतिक्रिया दिनुहोस