काठमाडौं, साउन २३ –
नेपाली बजारमा सुनको मूल्य आज सम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ ।
हिजो बिहीबार छापावाल सुनको मूल्य एक लाख दुई हजार ५ सय रुपैयाँ तोकिएको थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४०५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यही साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ । उक्त दिन छापावाल सुन तोलाको एक हजार ३ सय सय रुपैयाँ बढेर ९४ हजार पुगेको थियो । त्यसयता आठ हजार ८ सय रुपैयाँ बढिसकेको छ ।

