६ पुस, काठमाडौं । भारतीय कांग्रेसका वरिष्ठ नेता मोतलिाल वोराको निधन भएको छ । बोराको दिल्लीस्थित फोर्टिस अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएको हो ।
दुई पटक मध्यप्रदेशका मुख्यमन्त्री समे भएका उनी सन् २००० देखि २०१८ सम्म काँग्रेसका केन्द्रीय कोषाध्यक्ष्यको जिम्मेवारीमा रहेका थिए ।उनको डिसेम्बर २०मा ९३ औं जन्मदिन मनाइएको थियो । उनको अन्तिम संस्कार मंगलबार हुने जनाइएको छ ।
नेता बोराको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
'