समाचार

हत्या अभियुक्त दुर्गाबहादुर १७ वर्षपछि पक्राउ

durga bahadur

झापा, साउन २३ –

झापामा एक व्यक्तिको हत्याकाण्डका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् । २०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका कारण मृत्यु भएको थियो ।

उनी जलथलमा रहेकी छोरीको घरमा पाहुना आएकी थिइन् । पाहुना आएका माझीलाई स्थानीय दुर्गाबहादुर मगर, खेम फुयालसहित ३/४ जनाको समूहले कुटपिट गरेका थिए । कुटपिटका कारण गम्भीर चोट लागेका माझीको भद्रपुरस्थित मेची अस्पतालमा उपचारका क्रममा घटना भएको ४ दिनपछि मंसिर ४ गते मृत्यु भएको थियो ।

घटनालगत्तै कुटपिटमा संलग्न सबै व्यक्ति फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयले गत वैशाख ३० गते जिल्ला अदालतबाट पक्राउ अनुमति लिई मगरसहितका फरार व्यक्तिहरुको खोजी तीव्र पारेको थियो ।

बिहीबार थापा मगरलाई मेचीनगर नगरपालिका १२ शहरेडाँगीमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

घटनामा संलग्न अन्य व्यक्तिहरु अझै फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको उनले बताए । पक्राउ परेका मगरमाथि शुक्रबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस