१० पुस, भक्तपुर । शुक्रबार बिहान भक्तपुरमा ट्रक पल्टिदाँ च्यापिएर चालकको मृत्यु भएको छ । बिहान करिब २ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८, आदर्श चोक नजिकै ना. ६ ख ३९८२ नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
उक्त घटनामा ट्रक चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर १२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।
शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुर पठाइएको उनले जानकारी दिए ।

